प्रधानमन्त्री दाहालले सार्वजनिक गरे सय दिनका ३७ उपलब्धि (पूर्णपाठसहित)


काठमाण्डु –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १०० दिनमा गरेका उपलब्धिहरूको सूची सार्वजनिक गरिएकाे छ । सोमबार प्रचण्ड नेतृत्व सरकारले गरेका कामहरूको उपलब्धि सार्वजनिक गरिएको हो।

प्रचण्डको सरकारले ३७ बुँदे उपलब्धिमा जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने समेटिएका छन् ।

यस्तै, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको उल्लेख छ ।

‘विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ