कांग्रेस कार्यसम्पादन बैठकअघि नेविसंघको नाराबाजी
काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।
अहिले कांग्रेसको पार्टी कार्यालयको अवस्था तनावग्रस्त बनेको छ । पार्टी कार्यालयमा आज कार्यसम्पादन समिति बैठक बस्ने भएकाले त्यस अगाडि नै उनीहरु अनसन बसेका छन्।
नेविसंघका सभापतिशेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।
अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावि जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस