रवि लामिछाने भने – रास्वपा देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर खडा हुँदैछ


काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी छिट्टै नै देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै लोकतान्त्रिक पार्टीको रुपमा उदाउने बताएका छन् । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले डा।स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं विज्ञ व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्ने उल्लेख गरे ।

उनले भने– ‘केही मानिसहरुले, केही समूहहरुले आफ्नो प्रगति, आफ्ना परिवारको प्रगति, आफ्ना वरिपरिका व्यक्तिहरुको प्रगतिको लागि मात्र राजनीतिलाई दुरुपयोग गरेका कारणले मात्र यस देशका मानिसहरुले दुःख पाएका हुन भन्ने कुरा सबैले बुझेका छन् । तर बुझेका सबैजना राजनीतिमा हामफाल्न आउँदैनन् । त्यो आँट र साहस राख्दैनन् । किनकि राजनीतिभित्र अपराधीकरण हो वा अपराधीहरु राजनीतिमा हुन भन्ने अवस्था छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ