मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधी थ्री स्टारलाई


कैलाली : थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा आज भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्दी साविक विजेता मनाङ मस्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो।

तेस्रो पटक फाईनल पुगेको थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । मनाङ भने तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको छ ।थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे। अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको इन्जुरी समयको पाचौं मनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ