कैलालीमा हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियानको लक्ष्य पूरा


कैलाली : कैलालीमा हात्तीपाइले रोगविरुद्ध औषधि सेवनको लक्ष्य पूरा गरिएको छ। हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियानले कैलालीमा यस वर्ष लक्ष्य हासिल गरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको हो। कैलालीमा १० वर्षसम्म यो अभियान व्यर्थ भएको थियो।
यस वर्ष २० दिनसम्म अभियान सञ्चालन गरेर लक्ष्य पूरा गरिएको जनाएको छ।

यस पटक ८० प्रतिशतलाई आमऔषधि खुवाउने लक्ष्य रहेको थियो तर लक्ष्य भन्दा बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन सफलता प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नौ लाख २६ हजार भन्दा बढी जनसङ्ख्या रहेको यो जिल्लामा यस वर्ष सात लाख ५९ हजार ६ सय ११ जनाले हात्तीपाइले रोगविरुद्धको आमऔषधि खाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ