संविधान पटक-पटक मिचिँदा कार्यान्वयनमा चुनौती भयो : भीम रावल


नेकपा एमाले नेता भीम बहादुर रावल कञ्चनपुर महेन्द्रनगर आएका छन्। पूर्वउपप्रधानमन्त्री एव एमाले पूर्वउपाध्यक्ष रावल महेन्द्रनगर आएका हुन्।

आइतबार आफूनिकट केही एमाले नेता कार्यकर्ता एव अन्य पार्टीका नेता कार्यकर्तासँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।

महेन्द्रनगरस्थित होटल सिद्धार्थको हलमा आयोजित कार्यक्तममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज प्रकास बहादुर रावल, एमाले नेता नर बहादुर विश्वकर्मा, भोजराज जोशी, मोहन रावल सहितका बाहुल्य एमाले नेता कार्यकर्ताको उपस्थितिमा अन्तरकृया भएको नेताहरुले बताएका छन्।

उक्त कार्यक्तम कुनै एमाले पार्टी वा अन्य पार्टीको आयोजनामा नभई नेता रावलले साथिभाईसंग समसामयिक राजनीतिक विषयमा छलफल गर्न खोजेको सहभागिहरुले बताएका छन्। एक सहभागिताले यो कुनै गुट, उपगुटको भेला नभई अहिलेका एमाले नेता कार्यकर्ता एव पुर्वका एमाले नेता कार्यकर्तासग समान्य भेटघाट मात्रै भएको बताए।

कार्यक्रमको सम्बोधन गर्दै एमाले नेता रावलले संविधान प्रभावकारी कार्यान्वयन भएको बताएका छन्। नेता रावलले संविधान पटक पटम मिचिने काम हुँदा अहिले कार्यान्वयनमा चुनौती रहेको र त्यसको प्रभाव अर्थतन्त्रमा देखिएको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै रावलले संविधान पटक–पटक मिच्दा मुलुकले यस्तो दुर्दशा खेप्नुपरेको धारणा राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ