धनगढीको एसपीए क्याम्पसका प्रमुखमाथि अभद्र व्यवहार गरेको भन्दै भत्सना


कैलाली :  धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)का क्याम्पस प्रमुख योगराज उपाध्यायमाथि भएको अभद्र व्यवहारको क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले भत्र्सना गरेका छन्।

शनिवार बैठक बसेर प्राध्यापक तथा कर्मचारीहरुले उक्त कार्यको घोर निन्दा गरेका हुन्। क्याम्पस प्रमुखमाथि भएको उक्त खाले व्यवहार प्रति प्राध्यापक तथा कर्मचारीहरु एकजुट भएर लागेका हुन्। शुक्रवार दिउँसो कक्षामा पढाईरहेका बेला क्याम्पस प्रमुख योगराज उपाध्यायलाई अभद्र व्यवहार गरिएको क्याम्पसले बताएको छ। ‘केही अराजक व्यक्तिहरुले कक्षा कोठामा पढाईरहेका बेला उहाँलाई बाहिर निकाली तथा नाम गाली गर्दै, हातपात समेत गरेर उहाँमाथि गरेको अभद्र व्यवहारको हामी घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषय कसैलाई चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने लोकतान्त्रिक उपाय हुँदाहुँदै यस खालको गतिविधि हुनु एकदमै निन्दनीय र अशोभनीय कार्य रहेको हाम्रो ठम्याई छ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ