विश्व नेपाली नारी साहित्य महोत्सवको उद्घाटन


धनगढी। धनगढीमा चैत १० गतेदेखि हुने विश्व नेपाली नारी साहित्य महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले उद्घाटन गर्ने भएका छन्। आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चैत्र १० देखि १३ गतेसम्म सञ्चालन हुने नारी साहित्य सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी आउन लागेका जानकारी दिएको हो।

तिन दिनसम्म सञ्चालन हुने विश्व नेपाली नारी साहित्य महोत्सवमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमार लगायतका देशहरूबाट दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागीता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले पत्रकार सम्मेलनमा बताए। सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा (अमेरिका) पनि सहभागी हुने जनाइएको छ।टनका लागि प्रधानमन्त्री प्रचण्ड धनगढी आउन लागेका जानकारी दिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ