सत्ता गठबन्धनमा उपराष्ट्रपति उम्मेदवारबारे जुटेन सहमति


काठमाण्ड-  उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको सत्ता गठबन्धनको बैठक निश्कर्षविहीन सकिएको छ । आज सहमति नजुटेपछि सत्ता गठबन्धनको बैठक बिहीबार पुन बस्ने भएको हो ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार छन् ।

साझा उम्मेदवार तय गर्न आज बैठक बसेको थियो । तर, उक्त बैठकमा सहमति जुट्न सकेन । भोलि बस्ने बैठकमा सहमति जुट्ने जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ