डोटीमा असिना पानी, खाद्यान्न बालीमा क्षती


डोटी। डोटी जिल्लामा मंगलवार असिना पानी परेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका, केआईसिंह गाउँपालिका,बोगटान फुड्सिल गाउँपालिका, दिपायल सिलगढी नगरपालिकामा असिना पानी परेको छ। बोगटान फुड्सिल र केआई सिंह गाउँपालिका गहुँबालीमा केही क्षेति गरेको बोगटान फुड्सिल गाउँपालिका वडा नंम्बर ५ का वडा सदस्य उज्जल रावलले बताए।

सानो सानो गहुँबाली थिचेको उनले बताए ।केआई सिंह गाउँपालिकामा कम्तिमा २० मिनेट सम्म असिना परेको स्थानिय हर्क रावलले जानकारी दिए। उनले गँहु बाली र तोरी बारीमा असर गरेको बताए । असिना पानी धेरै लामो समयसम्म नपरेको र क्षतीको बारेमा बिवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। जिल्लाका अन्य ठाउँमा पनि असिना परेको बताईएको छ । वर्षेनि बाली पाक्ने समयमा असिना पानि पर्ने गरेको छ। यो वर्ष पनि असिना पर्न सुरु भएकाले गँहु बाली समेटन समस्या हुने भन्दै किसान चिन्तित बनेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ