कुरा नमिलेपछि बालुवाटारबाट बाहिरिए ओली


काठमाण्डु –  राष्ट्रपतिका विषयमा छलफल गर्न बालुवाटार पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिको विषयमा छलफल गर्न पुगेका ओली कुरा नमिलेपछि बाहिरिएका हुन्।

अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ