जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक : उपेन्द्र यादव


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक रहेका बताएका छन्। माओवादी केन्द्रसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले यस्तो दाबी गरेका हुन्।

‘राष्ट्रपति, उपराष्ट्रपति र सरकार सञ्चालनलगायतका विषयमा छलफल प्रारम्भ भएको छ। र, त्यो निरन्तर जारी छ,’ अध्यक्ष यादवले भने, ‘जसपालाई उपराष्ट्रपति दिन प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ