नेपाली टिम घोषणा,सन्दीप लामिछाने परेनन्


काठमाण्डु – आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार १५ सदस्सीय टिम घोषणा गरेको हो ।  मुख्य प्रशिक्षक मोन्टी देसाईले घोषणा गरेको १५ सदस्यीय टोलीमा स्पिनर सन्दीप लामिछाने भने परेका छैनन् ।

उनलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालतले विदेश जान नपाउने शर्त राखेको कारण उनी टीममा नपरेका हुन् । मौसम ढकाल र प्रतिश जिसीले टिममा स्थान बनाएका छन् ।

नेपालले फागुन १५ गते पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै उक्त शृंखलाको सुरुआत गर्नेछ । नेपालले फागुन १८ गते यूएईसँग, फागुन १९ गते पुनः पीएनजीसँग र फागुन २२ गते पुनः यूएईसँग खेल्ने तालिका छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, श्याम ढकाल (मौसम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ