डोटीमा उपप्रधानमन्त्री श्रेष्ठले भने, आयोजना अलपत्र पर्दा टुलुटुलु हेरेर बसिँदैन


डोटी। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। चेम्बर अफ कमर्सले आज डोटीमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने बताउँदै टेण्डर भएर समयमै काम सम्पन्न नभएका अधुरा आयोजनाहरूको काम सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले टेण्डर बिट गर्ने, काम गरेजस्तो मात्रै गर्ने, वर्षौँसम्म राज्य र जनतालाई नोक्सानी गर्ने ठेकेदार र कम्पनीलाई छुट दिन नसकिने बताए। विश्वसनीय ढङ्गबाट सम्झौताअनुरूपको काम हुन्छ भने मात्रै म्याद थप गरेर काम गर्न अनुमति दिने उनको भनाई छ।तीन तहका सरकारसँगको समन्वयमा आयोजनाको प्राथमिकरण निर्धारण गरेर स्रोतसाधनको सीमाभित्र रही विकास निर्माणका काम अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

सेती लोकमार्ग निर्माण र पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जको विकासकालागि समेत गम्भीर रहेको उनको भनाई छ।यस्तै फरक प्रसँगमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठलेप्रधानमन्त्रीले पाएको विश्वासको मतलाई समेत सम्बोधन हुनेगरी र राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राखेका छन्। राष्ट्रिय सहमति भएमा मुलुकको राजनीति र राष्ट्रिय एकता ठीक ढङ्गबाट अगाडि बढ्ने बताए। सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे राजनीतिकदलबीच छलफल भइरहेको उनको भनाइ छ।

निर्माण कम्पनीलाई हामीले तुरुन्तै काम गर्न निर्देशन दिएका छौँ, “उनले भने “समयमै सम्झौताअनुरूपको काम गर्ने अवस्था रहेन भने ठेक्का रद्द गरेर नयाँ ढङ्गबाट आयोजनाको काम हुने जानकारी दिए।निर्माण कम्पनीले आयोजना अलपत्र पारेको टुलुटुलु हेर्न सकिँदैन उनले भने। डोटीका राजनीतिक दलहरूले उपप्रधानमन्त्री श्रेष्ठसँग धनगढी– खुटिया – दिपायल द्रुत मार्गसँगै अधुरा योजनाहरू समयमै सम्पन्न गरिनु पर्ने माग राखेका थिए। उपप्रधानमन्त्री श्रेष्ठले सो कामलाई पूर्णता दिन आवश्यक पहल गरिने बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ