रास्वपाका मन्त्रीले बुझाए प्रधानमन्त्रीलाई राजीनामा


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा बुझाएका हुन् ।

आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पार्टीको निर्णय लगत्तै रास्वपाका तीन मन्त्रीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ