कैलाली प्रशासनमा राहदानी हेल्प डेस्क सञ्चालनमा


धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले कार्यालयबाटै राहदानी फाराम भर्ने व्यवस्था गरेको छ । राहदानी बनाउन आउने सेवाग्राहीलाई सहज र सुलभ रूपमा सेवा उपलब्ध गराउन कार्यालयमै राहदानी फाराम भर्ने व्यवस्था मिलाएको हो ।

दैनिक ५० जना सेवाग्राहीलाई राहदानी फाराम भर्न मिल्ने गरी बिहीबार देखी हेल्प डेस्क स्थापना गरिएको हो । जिल्लामा राहदानी लिन आउँदा सेवाग्राहीले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै कक्ष स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

उनले बिहीबार देखी कक्ष सञ्चालन भए पनि विभागको वेबसाइटमा समस्या आउँदा लक्ष्य अनुसारको सेवाग्राहीलाई सेवा उपलब्ध गराउन नसकिएको बताए । उनले भने –‘डेस्कका लागि आवश्यक जनशक्ति, उपकरणहरू उपलब्ध गराइएको छ । अब विभागको वेबसाइटको समस्या समाधान भएमा पूर्ण सेवा उपलब्ध गराइने छ ।’

यसअघि राहदानी बनाउन आउने सेवाग्राहीले बाहिर फर्म भरेर कार्यालयमा जानुपर्ने थियो । यसले गर्दा सेवाग्राहीले निजी पसलमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । कार्यालयभित्र फर्म भर्न लागेपछि सेवाग्राहीले बाहिर तिर्नुपर्ने शुल्कबाट राहत पाउने उनको विश्वास रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ