माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित


सत्तारुढ दल माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको पदाधिकारी र स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको हो ।

बैठकमा समसामयिक विषयका साथै सांगठनिक योजना र नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको थियो । माओवादीले संगठन सुदृढिकरणका लागि तीन महिने अभियान संचालन गर्ने तयारी गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ