सभामुख निर्वाचनमा एमाले र कांग्रेसबीच भिडन्त हुँदै, यस्तो छ अंकगणित


काठमाण्डु- प्रतिनिधिसभा सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने भएको छ । जसअनुसार नेकपा एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन छन् । कांग्रेसकी उम्मेदवार न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहेका छन् ।

नेकपा एमालेका घिमिरेलाई सत्ता गठबन्धनमा आवद्ध दलहरुको साथ छ । यता नेपाली कांग्रेसले सत्ता बाहिर रहेका दलहरुलाई न्यौपानेलाई सघाउन आग्रह गरिरहेको छ । विषेश गरेर जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीलाई नेपाली कांग्रेसले फकाउन खोजिरहेको हो ।

तर, जसपाले कसलाई भोट दिन्छ भन्ने टुंगो लागेको छैन । त्यसैगरी कांग्रेसले अन्य दललाई पनि सभामुखको निर्वाचनमा सघाउन आग्रह गरिरेहेको छ । सभामुखमा निर्वाचित हुनको लागि १३८ सांसदको समर्थन चाहिन्छ । सत्ता गठबन्धनका दलहरु एमाले, माओवादी, रास्वपा र राप्रपाको जोड्दा नै १४४ मत हुन्छ ।

त्यसकारण एमालेका घिमिरेको जित सुनिश्चित देखिन्छ । यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेससहित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ । कांग्रेसको ८९, नेकपा एसको १०, लोसपाको ४ सीट छ । कांग्रेसका एक सांसद निलम्बित छन् । तीन दलका १०२ सांसदमात्रै हुन्छन् । त्यसकारण न्यौपानेलाई सभामुखमा निर्वाचित हुन सहज छैन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ