भारतबाट नेपालका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, के गर्ला नेपाल ?


काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलिय पदार्थको मूल्य घटेको नयाँ मूल्यसूची पठाएको हो ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटर ३.७३ पैसा घटेर आएको छ भने पेट्रोल प्रतिलिटर २.५१ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।

हाल उपभोक्ताले पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १७२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ