माघ ३ गते सर्वदलीय बैठक बाेलाइयाे
काठमाण्डु- पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ ३ गते सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् ।
माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनभित्रबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस