लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशले २१३ जना प्राबिधिक कर्मचारीका लागि दरखास्त आह्वान (सूचना सहित)


अत्तरिया: सुदूरपश्चिम प्रदेश निजामति सेवा र स्थानिय सरकारी सेवाला पाँचौ तहका बिभिन्न सेवा समूहका प्राबिधिक तर्फका पहहरुको लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी माग गरेको छ ।

आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका बिभिन्न सेवा समुहका प्राविधिक तर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो ।सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ बमोजिम सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकायमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि प्राप्त माग र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेश स्थित स्थानीय तहहरुमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि विभिन्न स्थानीय तहहरुबाट प्राप्त माग संख्याको प्रतिशत निर्धारण गरी कायम भएका अन्तरसेवा, आ.प्र. र बढुवाद्धारा पूर्ति हुने पद संख्याको विवरण आयोगको अभिलेखमा सुरक्षित राखिएको छ ।

बढुवा तर्फका उक्त पदहरुको पदपूर्ति प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा सम्बन्धी कानून बमोजिम हुने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरु निम्न प्रकारका बिज्ञापन सूचना हेर्नुहोस ।

देश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरु निम्न प्रकारका बिज्ञापन सूचना हेर्नुहोस  ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ