संसदमा सरल देखिए देउवा, कसैप्रति कटाक्ष गरेनन्


काठमाण्डु- पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका हुन् ।

लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक रहेकाले आफू नेतृत्वको सरकारले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष रुपमा गरेको बताउँदै देउवाले पुष्पकमल दाहाल नेतृत्वको सरकारको सफल कार्यकालको शुभकामना पनि दिए ।

विशेष परिस्थितिमा १८ महिनाअघि आफूले सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै उनले प्रचण्ड नेतृत्वको सरकार र सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्न आग्रह गरे ।

देउवाले पार्टीका आन्तरिक छलफलहरुमा एमालेले धोका दिएको गुनासो गर्दै आएका छन्। तर, निर्वाचनपछि बसेको पहिलो संसद बैठकमा भने देउवाले सरकारको नेतृत्व गर्ने अवसर नपाएकोमा कुनै गुनासो गरेनन् । उनले कुनै पनि दलको विरुद्धमा बोलेनन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ