जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी, के छ १२ बुँदे सहमति पत्रमा ?


काठमाण्डु- रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुई पार्टीबीच भएको १२ बुँदे सहमतिमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्दै कार्यगत एकताको घोषणा गरेका हुन् ।

यी दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत एकता १२ बुँदे सहमति पत्रमा उल्लेख गरिएको छ ।

जसअनुसार टीकापुर घटनाको राजबन्दीहरु लगायत रेशम चौधरीको रिहाइको लागि दुवै पक्षले पहल गर्ने, सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ लाई संसद्बाट पारित गराइ प्रभावकारी कार्यान्वयनमा दबाब दिने जनाइएको छ ।

त्यस्तै थरुहट र मधेस आन्दोलनसम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, विभिन्न आन्दोलनमा सहभागी भएका नागरिक उन्मुक्ति र जनमत पार्टीका आस्थाका बन्दीहरूलाई लगाइएको झुट्टा मुद्दाहरू फिर्ता लिन कानुनी प्रक्रियामार्फत सरकारलाई दबाब दिने उक्त पत्रमा उल्लेख गरिएको छ ।

No description available.



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ