प्रतिनिधि सभाको पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने


काठमाण्डु –  प्रतिनिधिसभाको पहिलो बैठकमा संसदमा प्रतिनिधि गर्ने राजनीतिक दलका प्रतिनिधिलाई दलीय आधारमा समय निर्धारण गरेर बोल्न दिने भएको छ ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा शुक्रबार बानेश्वरमा बसेको सर्वदलीय बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने सहमति भएको हो ।

बैठकमा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रतिनिधि सभाको बैठकलाई के कसरी अगाडि बढाउने, कार्यव्यवस्था परामर्श समितिको चयन नभएसम्म बैठक सञ्चालन प्रक्रियाको बारेमा छलफल भएको छ ।

यस्तै प्रतिनिधिसभा नियमावलीमा भएका व्यवस्था अनुसार बैठक सञ्चालन गर्ने निर्णय र आवश्यक भएका नियमावली संसोधनका लागि मस्यौदा समिति निर्माण गर्ने बारेपनि छलफल भएको छ ।  संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ