सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि राजनीतिक भेटघाटमा व्यस्त खगराज


काठमाडौं : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट मुख्यमन्त्री पदको लबिङ गर्न काठमाडौं आइपुगेका छन् । उनी पार्टीको तर्फबाट आफू सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुपर्ने भन्दै राजनीतिक भेटघाटमा व्यस्त भएका हुन् ।

बिहीबार भट्टले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका छन्। भेटमा प्रचण्डले बहुमत जुटाउन सकिएमा माओवादीले मुख्यमन्त्री लिने अवस्था बन्न सक्ने बताएका थिए । माओवादीले सजिलै मुख्ममन्त्री लिने अवस्था भइनसकेपनि आफूले पहल गर्ने प्रचण्डले बताएको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ