बाजुरामा बसपार्क निर्माण हुन लागेकाे चार वर्ष हुँदा सम्पन्न भएन


बाजुरा :  जिल्ला सदरमुकाम मार्तडीको पाल्तमा रहेको बसपार्क निर्माणको काम अलपत्र परेको छ। झन्डै चार वर्षअघि सुरु भएको सो बसपार्क निर्माणको काम अहिलेसम्म पूरा भएको छैन।

साँफे–मार्तडी राजमार्गअन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि अहिलेसम्म बसपार्क नहुँदा त्यहाँ चल्ने सवारीसाधन सडकमै पार्किङ गर्दै आएको पवनदूत मार्तडी काउन्टर इन्चार्ज सन्तोष डँडालले बताए। उनले भने, “सडक कालोपत्रे भएसँगै गाडी मार्तडीसम्म गुड्न थालेको झन्डै चार वर्षभन्दा बढी भयो। बसपार्क निर्माण हुन लागेको पनि झन्डै चार वर्ष भयो। अहिलेसम्म निर्माण पूरा भएको छैन।”



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ