काबुलमा चार अपहरणकारी मारिए


काबुल – अफगान प्रहरीले सोमबार अबेर राति काबुल सहरमा चार अपहरणकारीको हत्या गरेपछि एक व्यापारीको उद्धार गरेको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले मङ्गलबार बताउनु भएको छ ।

अधिकारीका अनुसार अपहरणकारीहरूको समूहले सोमबार अबेर राति काबुल शहरको तैमानी क्षेत्रबाट एक व्यापारीलाई अपहरण गर्ने प्रयास गरिरहेको थियो । तर प्रहरीले चार अपहरणकारीलाई गोली हानेर व्यापारीलाई उद्धार गरेको थियो ।

तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारले युद्धग्रस्त देशमा अपहरण, लागूऔषध ओसारपसार, सशस्त्र डकैती र आतङ्कवादी जस्ता अपराधी र गैरकानूनी गतिविधिहरूमाथि कारबाही गर्ने वाचा गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ