माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराजको नाम सहमति नजिक


धनगढी – सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन हुने भएका छन् । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटीले दल नेतामा चुनाव नगर्ने निर्णय गरेको थियो । शनिवार दिनभर भएको छलफलमा दल नेतामा भट्टको नाममा सहमति भएपनि अर्का प्रदेशसभा सांसद ओमविक्रम भाटले नमानेपछि आइतबार थप छलफल गर्ने गरी बैठक सकिएको छ ।

लका नेताका लागि भट्टसहित ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकांक्षी रहेका थिए । तिमध्ये रावल र धामीले भट्टलाई समर्थन गरेपनि भाटले भने चुनाव हुनुपर्ने अडान राखेका थिए ।माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ११ जना सांसदहरुको बैठक ३ घण्टा चलेपनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । बैठक विहान ९ बजे बस्ने र दल नेतामा भट्टलाई सर्वसम्मत चयन गर्ने तयारी रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

खगराज माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य हुन् । भाट भने वैकल्पिक केन्द्रिय सदस्य हुन् । उनि यसअघि माओवादी केन्द्रको प्रदेश कमिटीमा नपरेपछि विवाद भएको थियो ।

भट्ट डडेल्धुरा प्रदेश सभा (१)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् भने भाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । माओवादी केन्द्रभित्र सुदुरपश्चिममा खगराज हालका एमाले सचिव लेखराज भट्टपछि सबैभन्दा सिनियर नेता हुन् । उनले अहिलेसम्म लाभको कुनै पद हासिंल गरेका छैनन् भने भाट लेखराज भट्ट तीन पटक मन्त्री हुंदा उनको पिए भएका थिए ।

अहिले भट्ट र भाट जना फरक-फरक लाइनमा छन् । भट्ट माओवादी उपमहासचिव जनार्दन शर्मा निकट हुन् भने भाट पछिल्लो समय अर्का उपमहासचिव वर्षमान पुनसंग जोडिएका छन् । भाटको पक्षमा अहिले नेतृ विना मगर समेत छिन् ।

माओवादी केन्द्रको वागमति प्रदेशमा समेत निर्वाचन हुने भनिएपनि अन्तिममा दल नेतामा शालिकराम जमरकट्टेल सर्वसम्मत दल नेता चुनिएका थिए । दल नेतामा माओवादी केन्द्रका वागमति प्रदेशका अध्यक्ष सरल सहयात्री पनि निर्वाचनको पक्षमा थिए ।

सुदुरपश्चिममा समेत दल नेताको लागि सहमति गर्ने तयारी माओवादी नेतृत्वको छ । माओवादी केन्द्रको हेडक्वार्टरबाटै खगराजको नाममा सहमति गर्न निर्देशन गएको छ । आइतबार बिहान ९ बजे बस्ने बैठकले उनकै नाममा सर्वसम्मति गर्ने तयारी रहेको माओवादी स्रोत बताउंछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ