राप्रपा संघ र प्रदेश सरकारमा सहभागी हुने
काठमाण्डु- राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) संघ र प्रदेशसभा सरकारमा सहभागी हुने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश सरकारमा सहभागि हुने निर्णय गरेको हो ।
त्यस्तै बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको जनाइएको छ । तर, सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने कुर्नेछ ।
यसभन्दा अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफुनो पार्टी सरकारमा सहभागी नहुने र समर्थन मात्र गर्ने बताएका थिए । मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचनमा प्रतयक्ष र समानुपातिक गरि १४ सिट जितेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस