क्रमिकरूपमा तापक्रम घट्दै, तराईमा हुस्सु र हिमाली भेगमा हिमपातको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेबकाे छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागमा पछिल्ला दिनहरुमा निरन्तर हिमपातको सम्भावना रहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ