मानव बेचबिखनका घटना बढ्दै , एक वर्षमा कञ्चनपुरबाट २२ जनाको उद्धार
कञ्चनपुर : मानव बेचबिखनका घटना बढ्दै गएको पाइएको छ । माइती नेपाल कञ्चनपुरले एक वर्षमा बेचबिखनमा परेका २२ जना नेपालीलाई भारतबाट उद्धार गरेको छ ।
माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट छ जना, पुणेबाट चार जना, सिमलाबाट दुई जना, हल्दानीबाट दुई जना, मुम्बईबाट दुई जना, हरियाणाबाट एक जना, चण्डीगढबाट दुई जना, बैङ्गलोरबाट दुई जना र अयोध्याबाट एक जनाको उद्धार गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस