यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्न सक्छ : महासचिव गुरुङ
काठमाण्डु – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताएका छन् ।
शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताएका हुन् । मुलुक संकटमा पुगेको बेलामा दलहरुबीच संवाद र सहकार्य गरेर जानुपर्ने बताए ।
उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ । तर, पुराना दलहरुको केही सीट घटेको छ । नयाँ दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ ।’
उनले भने, ‘अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ । यस्तो अवस्थामा एकले अर्कालाई निषेधको बाटोमा जानु हुँदैन । यो पनि एउटा परिक्षणको रुपमा रहेको छ । एकले अर्कालाई समाप्त पार्ने दिशातर्फ जान थाल्यो भने मुलुक गम्भिर समस्यामा पर्नसक्छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस