देशको नेतृत्व गर्ने अवसर पाए भ्रष्टाचार नियन्त्रण गर्छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको नेतृत्व गर्ने अवसर पाए भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् ।
आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरूलाई कडा कारबाही गर्ने दाबी गरे । प्रचण्डले भने, ‘देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु । भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त छ ।’
प्रचण्डले अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको बताएका छन् ।
सबै राजनीतिक दलहरू अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हितमा लाग्ने विषयमा छलफल शुरु भएको बताएका छन् । राजनीतिक परिवर्तनको दिगोपनमा प्रश्न उठिरहेको उनको भनाइ छ । अध्यक्ष ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने सङ्केत गरेका छन् ।
उनले आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्न सक्ने सुनाए ।
तपाईको प्रतिक्रिया दिनुहोस