सबैभन्दा कान्छी सांसद बनिन् २५ वर्षीया निशा
काठमाण्डु- २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद निशा डाँगी हुने भएकी छन् ।
राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्षमात्र छ ।
भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका पशुपति शमशेर राणा छन् । राणाको उमेर ८० वर्ष रहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस