कर्णाली सरकारको नेतृत्वमा माओवादीको दाबी
काठमाण्डु-कर्णाली प्रदेश सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रले दावी गरेको छ ।
बिहीबार सम्पन्न प्रदेश कमिटीको बैठकले कर्णालीमा माओवादी नेतृत्वको सरकार गठन गर्नेगरी गठबन्धनमा सिट बाडफाँट गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको हो ।
आज बसेको बैठकले २०७४ सालको निर्वाचनको तुलनामा कर्णालीमा समानुपातिक मत वृद्धि भएको निष्कर्ष समेत निकालेको छ । कर्णाली प्रदेश सभामा सत्ता गठबन्धनसँग सरकार गठनको लागि बहुमत छ ।
कांग्रेस र माओवादीले बराबर सरकारको नेतृत्व गर्ने विषयमा अनौपचारिक सहमति जुटेपनि पहिला कसले नेतृत्व गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन ।
त्यसैगरी आजको बैठकले हालतको गठबन्धनलाई निरन्तरता दिन केन्द्रीय नेतृत्वलाई आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस