खाद्य प्रविधि धनगढीको त्रैमासिक प्रगति सार्वजनिक: खाद्य ऐन प्रतिकुल कार्यगर्ने १२ वटा मुद्दा दायर


धनगढी। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आर्थिक वर्ष २०७९र ८० को प्रथम त्रैमासिक अवधिको प्रगति सार्वजनिक गरेको छ ।शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले सो बारेमा जानकारी दिएको हो । प्रथम त्रैमासिक अवधिको प्रगति सार्वजनिक गरेको हो।

खाद्य प्रविधि कार्यालय धनगढीले कैलालीमा खाद्य तथा दाना ऐन अनुरूप प्रतिकुल पाइएका नमुनाहरू उपर कारबाही प्रक्रिया अघि बढेको बताएको जनाएको छ। यस्तै त्रैमासिक अवधिमा कार्यालयबाट खाद्य ऐन प्रतिकुल कार्य गर्ने विरुद्ध कैलाली र कञ्चनपुरका १२ वटा मुद्दा दायर गरिएको छ ।यस अवधिमा अनुसन्धान प्रक्रिया पुरा भएका प्रतिकुल नमुना उपर खाद्य निरीक्षकबाट जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा गरी ११ र जिल्ला अदालत कैलालीमा एक गरी १२ वटा प्रतिकुल जमुना उपर मुद्दा दायर गरेको कार्यालयका प्रमुख नवराज दाहालले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ