ओली र प्रचण्डबीच फाेनमा कुराकानी


unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिनुभएको छ ।

ओलीले आज बिहीवार प्रचण्डलाई फोन गरेर बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ । फोनमा ओलीले अब सहकार्य गरेर जान सकिने विषयमा जिज्ञासा राख्नुभएको छ । ओलीले टेलिफोनका क्रममा पुरानो तिक्तता भुलेर आउँदा दिनमा सहकार्यबारे पनि कुरा गर्नुभएको छ ।

प्रचण्डले पनि अहिले आफूले चुनावी परिणामको समीक्षा गरिरहेको र सहकार्य गर्न कुनै आपत्ति नरहेको जनाउनु भएको थियो । नेकपाको विभाजनपछि दुवै नेता एकआपसमा आरोप–प्रत्यारोपमै रमाएका थिए, खासै बोलचाल थिएन ।

ओलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर बधाई दिनुभएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ