अनेरास्ववियूद्धारा आन्दाेलन, बाजुरा सदरमुकाम तनावग्रस्त


अनेरास्ववियूद्धारा आन्दाेलन, बाजुरा सदरमुकाम तनावग्रस्त

बाजुरा — नेकपा एमाले निकट अनेरास्ववियू बजाराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्द संगै बजारका गल्लीहरुमा टायर बालेपछी सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

No description available.

अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसंगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन भएको छ ।

No description available.

त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेका छन । अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइृ निर्घात कुटपिट गरेको थियो ।
अयडिलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगेका थिए । अस्पताल पुगाउने बित्तिकै अयडिको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।  अयडिको शब अहिले बयलपाटा अस्पतालको शबगृहमा राखिएको अस्पतालले जनाएको छ ।

No description available.



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ