बाजुरामा प्रहरीको राइफल लुटियो


बाजुरा,४ मंसिर । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलबाट प्रहरीको इन्सास राइफल लुटिएको छ ।

गोली लोड गरिएको राइफल मतपेटिका लुट्न आएकै समूहले खोसेर लगेको र अझैसम्म फेला नपरेको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताएका छन् ।

सोही मतदानस्थलमा मतपेटिका लुट्न खोजिएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको थियो ।

मतपेटिका खोस्न आएको समूहलाई रोक्न खोज्दा भीडले ढुंगा हानेपछि घाइते भएका प्रहरी सहायक हवल्दार कृष्णबहादुर कुँवरको साथमा रहेको लोड गरिएको राइफल लुटिएको प्रहरीले बताएको छ । हतियार लुट्नेहरुको खोजी भइरहेको प्रवक्ता कार्कीले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ