कैलालीमा ५९.७१ प्रतिशत मत खस्यो
धनगढी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलालीमा करिब ६२ प्रतिशत मत खसेको छ । सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको छ । कैलालीमा करिब ६२ प्रतिशत मत खसेको जानकारी दिनु भएको छ । कुल २ सय ३७ मतदानस्थल र ६२९ मतदान केन्द्र रहेको कैलालीमा ५ लाख ३५ हजार ५१४ मतदाता रहेका छन् ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा मतपेटिका ओसार्न शुरु भएको छ । सबै मतदान स्थलबाट मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन शुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनुभयो ।
ग्रामीण भेगका मतपेटिका ओसार्न समय लाग्न सक्ने भएपनि शहरी क्षेत्रका मतपेटिका राती नै ढुवानी गर्ने भइसक्ने उहाँले बताउनु भयो । कैलालीमा निर्वाचन क्षेत्र नं १, २, ३, ४ र ५ का लागि क्रमशः टिकापुर, लम्की, सुखड, अत्तरिया र धनगढीमा निर्वाचन अधिकृतको कार्यालय रहेका छन् ।
सहायक निर्वाचन अधिकृत भट्टले आज रातभरि जिल्लाभरि मतपेटिका ढुवानी सक्ने गरि तयारी भइरहेको र भोलि बिहान देखि मतगणना शुरु गरिने जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया दिनुहोस