झापामा ३६ प्रतिशत मत खस्याे 


झापा — हेभीवेट उम्मेदवार रहेकाे झापामा ३६ प्रतिशत मत खसेकाे छ । जिल्ला निर्वाचन कार्यालयकाअनुसार मध्याह्न १२ : ५० बजेसम्म जिल्लामा ३६ प्रतिशत मत खसेकाे हाे ।

निर्धारित समय बिहान ७ बजे मतदान सुरू भएपनि निर्वाचन कर्मचारीकाे व्यवस्थापकीय कमजोरीका कारण विभिन्न स्थानमा अवरुद्ध हुँदै मतदान जारी रहेकाे छ । जिल्लामा कुल ६ लाख ६३ हजार ३११ मतदाता रहेका छन् जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष छन् भने ३ लाख ३२ हजार २५९ जना महिला छन् । यस जिल्लामा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ