कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा आठ जना पक्राउ


कञ्चनपुर : कञ्चनपुरमा निर्वाचन विरोधी गतिविधि गरेको भन्दै आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुलाई निर्वाचन विरोधी पर्चा, पम्पलेट बाँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

इन्चार्ज दयाल बाहेक अन्यको नाम भने प्रहरीले खुलाएको छैन । नेकपा ९बहुमत र नेत्रविक्रम चन्द ९ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको आह्वान गर्दै आएका छन ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ