धनगढीको मतदान केन्द्र नजिक विस्फोट


धनगढी :  धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

उनले आज बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए। केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ