२२ मंसिरअघि नै आयोगले निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउने
काठमाण्डु – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ ।
निर्वाचनको स्थिर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो ।
४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उनले दुवै निर्वाचन प्रणालीका निर्वाचित उम्मेदवारको नामावली २२ मंसिर अघि नै तयार हुने र राष्ट्रपतिलाई बुझाइनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस