निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० जना म्यादी प्रहरी कारबाही, सुदूरपश्चिमका ७ जना


काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र १ महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।

‘आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,’ उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरूलाई पटक–पटक चेतावनी दिँदा समेत अटेर गरेपछि कारबाही गरिएको हो ।’ प्रवक्ता राईका अनुसार अनुसार कारबाही पर्नेमा प्रदेश नम्बर १ मा ४८, काठमाडौं उपत्यकामा १ र बागमती प्रदेशमा ५ रहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ