सुदूरपश्चिममा ठुलो भूकम्प जाने जोखिम, पूर्वतयारी गर्न भूगर्भविद् भट्टराईको आग्रह


काठमाण्डु- पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भुकम्प गइरहेको छ । गत मङ्गलवार राति गएको भूकम्पपछि सुदूरपश्चिममा भुकम्पको पराकम्प जाने क्रम रोकिएको छैन् । गत मङ्गलवार राति गएको भूकम्पपछि चार सय बढी पारकम्प गएको हो ।

मङ्गलवार राति डोटीमा ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । शनिबार राती ८ बजेर १२ मिनेटमा बझाङको पाटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार बेलुकी भएको भुकम्पले भने क्षेती नगरेको जनाइएको छ । भूकम्पको धक्का नेपाल भारत र चीनमा समेत महसुस गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सबै जिल्ला सहित कर्णाली तथा लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस भएको जनाइएको छ । यसअघि कार्तिक २३ गते गएको भूकम्पमा परि डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

भूगर्भविद् तारानिधि भट्टराईले सुदूरपश्चिमा मात्र नभएर नेपालको कुनैपनि क्षेत्रमा भूकम्प जान सक्ने बताए । तर, नेपालका अन्य क्षेत्र भन्दा सुदूरपश्चिम भुकम्पको बढी जोखिममा रहेको भूगर्भविद् भट्टराईको दावी छ । उनका अनुसार पश्चिम नेपालमा ठुलो भूकम्प नगएको झन्डै पाँच बर्ष भइसकेकाले सुदूरपश्चिममा ठुलो भूकम्प जान सक्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिममा मात्र नभएर नेपालको कुनै पनि क्षेत्रमा भूकम्प जान सक्छ । तर, नेपालको अन्य क्षेत्रभन्दा पश्चिम क्षेत्र बढी भूकम्पको जोखिममा रहेको छ । किनभने पश्चिम नेपालमा ठुलो भूकम्प नगएको झन्डै पाँच बर्ष भइसकेको छ । त्यसकारण सुदूरपश्चिममा ठुलो भूकम्प जान सक्ने सम्भावना रहेको हो ।’, काठमाण्डुपाटीसँगको कुराकानीमा भट्टराईले भने ।  उनले भूकम्पबाट बच्नको लागि पूर्वतयारी गर्न पनि आग्रह गरेका छन् । 

‘भूकम्प जान्छ भन्दैमा डराएर, अतालिनु पर्ने आवश्यक छैन् । गर्नुपर्ने के हो भने आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ भन्ने कुरा चाँहि अगाडि नै थाहा पाउनु पर्यो । त्यसलाई पूर्वतयारी गर्नु भनिन्छ । पूर्वतयारी भन्नाले धेरै मानिस भेला हुने ठाउँ जस्तै विद्यालय, अस्पताल, पालिकाका भवनलाई भुकम्प प्रतिरोधक बनाउनुपर्छ । यदि बनिसकेका भए प्रबलिकरण विधि प्रयोग गरेर भूकम्प प्रतिरोधक बनाउनुपर्छ । त्यसकारण पूर्वतयारी गरेपछि भूकम्पबाट डराउने अवस्था आउँदैन् ।’, भट्टराईले भने । 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ