कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका कृष्ण कुमार चौधरी (कुन्दन) देश परिवर्तन र अन्यायका विरुद्ध सधैभरि लडाइको मैदानमा होमिरहने एक योद्धा हुन । त्यसैले उनी जनताको अगाडी व्यक्ति नभएर एक बिचारको खम्बा बनेका छन् ।

मतदाताले २०६४ सालमा कुन्दनलाई सबै भन्दा बढि मत दिएर बिजय गराएका थिए । त्यसैले पार्टी उनलाई पुन २०७० सालको चुनाबमा टिकट दिदै थियो । तर उनी त्यो टिकट गौरीशंकर चौधरीलाई दिए । आज उनै गौरीशंकर नेकपा एमालेबाट कुन्दनको प्रतिद्वन्दी भएर चुनावी मैदानमा संगै छन् ।

कुन्दनले त्यतिबेला आफू जनप्रतिनि नभएपनि जनताको विचमा उभिएर जनताकै पक्षमा हरदम वकालत गर्दै हिडे । उनले भन्ने गर्थे । ‘बिचार भनेको चुनाव लड्नु मात्र होइन, जनता संगको सहकार्य र समन्वय गर्दै परिवर्तनको लागि वकालत गर्नु हो ।’ त्यहि सिद्धान्त बोकेर उनी हरेक आन्दोलनमा सरिक भए । चाहे थरुहट आन्दोलन होस् या, अन्य कुनै सामाजिक आन्दोलन । उनी आफ्नो क्षेत्रबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नबाट कहिलै पछि परेनन् ।

उनी जहाँ रहेपनि १० बर्ष जनयुद्धका मुद्दालाई कहिलै विर्सेनन् । सडक देखि सदन सम्म अवाज उठाउन बाँकी राखेनन् । आफूसंगैका सहयोद्धाहरुको घरपरिवारसंगको सम्पर्कबाट उनी कहिलै टाढा हुन सकेनन् । आफूले गर्न सक्ने सहयोग, भेटघाट, मिठो मुस्कानले लोभ्याई राखे ।

२०७० साल पछाडी सत्ता बाहिर भए तर अधिकारको आन्दोलनबाट कहिलै पछि हटेनन् सडक आन्दोलनको अग्र मोर्चामा उभिएर राँको बाल्ने निडर व्यक्तिको रुपमा चिनिन्छन् उनी । देशमा भएका विभिन्न विभेद र भेदकारी ब्यबस्थाको विरुद्धमा अवाज उठाउदै हिड्ने चौधरी आफ्नै गाउँ ठाउँमा पिडित बनेका माया विकको घटनालाई पनि नजिकबाट नियालेर पीडित परिवारलाई न्यायकोलागि सक्दो सहयोग गरेका थिए ।

उनी टिकापुरको घटना राजनीति घट्ना हो र रेशम चौधरी लगायत जेल बन्दीहरुलाई रिहाइ गर्नु पर्छ भन्दै चोक चोक गल्ली गल्लीमा आन्दोलनको राँको बाले । आन्दोलनकोलागि मसुरिया बजारमा एक्लै उभिन तयार भएका चौधरी टीकापुर आन्दोलन पश्चात मसुरिया बजारलाई आन्दोलनको केन्द्र विन्दु बनाउन सफल भए । त्यसताका दमनकारी राज्यसत्ताले थारु समुदायका अवाज सडक सम्म ननिस्कुन भन्ने उदेश्यले ३२ दिन सम्म कफर््यू जार गरे । तर कुन्दनको नेतृत्वले मसुरिया बाट आन्दोलनको झिल्को रोकिएन । उनले अर्ध भुमिगत भएरे्पनि थारुको आन्दोलनलाई मत्थर हुनबाट जोगाए । टीकापुर लगायत आसपासका क्षेत्र र धनगढी बजारमा प्रहरी प्रसाशनको कडा निगरानी पश्चातपनि थारु समुदायले कैलालीको क्षेत्र नं. ३ बाट दोस्रो चरणको आन्दोलनको राँकोलाई निभ्न दिएनन् ।

उनको सरल स्वभावले गर्दा जनतासंगको सम्बन्ध कहिलै टुटेन । उनी सधै जनतामा लोकपृय तथा पहिचानवादी पात्रको रुपमा चिनिए । पछिल्लो चरणमा केपि शर्मा ओलिले गरेको सांसद विघटनका विरुद्धमा पनि उनी जनताकै साथमा उभिए । उनी फेरी पनि जनताले आफूलाई भरपुर्ण मायाले स्वागत गर्ने छन् भनि अपेक्षा लिएर जनताको घरदैलो सम्म पुगिरहेका छन् । पक्कै पनि यहि मंसिर ४ गते क्षेत्र नं. ३ का मतदाताले उनको हसिलो अनुहारलाई स्मरण गर्नेछन् र हँसिया हथौडामा छाप लगाई कुन्दनलाई बहुमतले विजय गराउने छन् ।

सबैमा अभिवादन ।