‘नो नट अगेन’विरुद्ध कारबाही अघि नबढाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


काठमाण्डु – सर्वोच्च अदालतले नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरू विरुद्ध कारवाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ‘नो नट अगेन’विरुद्ध कारबाही अघि नबढाउन अन्तरिम अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले रिट दायर गरेका थिए ।

निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ