कैलाली ५ मा दलका आधिकारिक उम्मेदवारलाई स्वतन्त्रको चुनौती, कतीको छ सहज ?


कैलाली। कैलालीको निर्वाचन क्षेत्र न. ५ मा सत्ता गठबन्धन, विपक्षी एमाले र स्वतन्त्र उम्मेदवार बिच कडा चुनाबी प्रतिस्पर्धा हुने भएको छ । बिशेष गरि मंसिर४ को चुनावमा स्वतन्त्र उम्मेदवारले उम्मेदवारीपछि चुनाबी झन् चर्चा चाँसो बढी हुन थालेको छ । कैलाली ५ मा सत्ता गठबन्धन र विपक्षी एमालेसहितका दलका आधिकारिक उम्मेदवारलाई नेपाली कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिएका छन् ।

यो क्षेत्रको प्रतिनिभिसभा र प्रदेशसभामा दलका आधिकारिक उम्मेदवारको भन्दा स्वतन्त्र उम्मेदवारको चर्चा बढी हुन थालेको छ । अघिल्लो पटक प्रधानमन्त्रीपत्नी आरजु राणा देउवालाई हराएर चर्चामा आएका नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई यसपटक कैलाली ५ मा जित निकाल्न असज बन्दै गएको छ । रानाविरुद्ध आउने तयारीमा रहेकी आरजुले मैदान छाडेपछि सहज मानेका रानाका लागि स्वतन्त्र उम्मदवार पुस्करनाथ ओझ भारी बन्ने देखिएको छ । गठबन्धनको तर्फबाट ७४ को प्रदेशसभामा विजयी भएका डिल्लीराज पन्त उम्मेदवार छन् । कैलाली–५ मा एमालेका राना र गठबन्धनको तर्फबाट पन्तको मात्रै प्रतिस्पर्धा छैन।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ