काे हुन् नेकपा ‌‍(माओवादी केन्द्र) का युवा नेता ओम विक्रम भाट ‘सरल’ ‌?

१३ बर्षको स्कुले जिवनदेखि राजनीतिमा होमिएका नेकपा ‌‍(माओवादी केन्द्र) का युवा नेता ओम विक्रम भाट ‘सरल चुनावी मैदानमा


धनगढी – आज भन्दा ठिक दुई दशक अर्थात २० बर्ष अघि तत्तकालिन माओवादीले व्यवस्था परिर्वतनका लागि थालेको जनयुद्धमा होमिएका कञ्चनपुरका एक युवा नेता प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन ।

०५९ सालदेखि माओवादी आन्दोलनमा होमिएका कञ्चनपुरका युवा नेता ओम विक्रम भाट(सरल) प्रदेश सभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा होमिएका छन । प्रदेश सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र २(क)बाट सरल बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएर चुनावमा होमिएका छन ।

शारदा माध्यामिक विद्यालय कक्षा ९मा पढ्ने बेलादेखि नै सरल माओवादी आन्दोलनमा होमिएका थिए । अखिल क्रान्तिकारी जिल्ला सदस्यदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका भाटसंग प्रत्यक्ष राजनीतिमा होमिएको २० बर्षे अनुभव छ ।

०५५ सालतिर तत्तकालिन रौतेलिविचुवा गाविस पटैया क्षेत्रबाट विस्थापित भाट परिवारको अहिलेसम्म पनि पुर्नस्थापना भएको छैन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट २(क) प्रदेश सभा सदस्यका उम्मेदवार भाट आरक्षपीडित पनि हुन । क्षेत्र २ संघ तर्फ काँग्रेसले पाएसंगै पुर्वमन्त्री एनपी साउद प्रतिनिधी सभा उम्मेदवार र २(ख) काँग्रेसले पाएसंगै संविधान सभा सदस्यका उम्मेदवार बहादुर थापा र २(क)बाट आफु सरल चुनावमा होमिएका छन ।

०६० सालतिर अखिल क्रान्तिकारीको १६ औँ जिल्ला सम्मेलनको तयारीमा रहेका भाट सहितका नेता कार्यकर्तालाई प्रहरीले ब्रम्हेदबदेखि हिरासतमा लिएपछि अखिल क्रान्तिकारीको सम्मेलनमा समेत सहभागि हुन पाएका थिएनन । ‘हामी शान्तिपुर्वक विद्यार्थी सम्मेलनको तयारीमा थिए, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सरलले भने, ‘उतिबेला वार्तापनि चलिरहेको थियो, सरकारी पक्षबाट पक्राउ गरी हिरासतमा राख्यो, आदरणीय अग्रज पत्रकार चित्राङ्ग थापा ज्यू सहितको रहोबरमा छाडियो ।’

त्यसपछि नेकपा माओवादी केन्द्र डडेल्धुराको कार्यालय सचिवको जिम्मेबारीमा काम गरेका सरललाई पार्टीले ०६१ देखि ०६३ शान्तिवार्तासम्म प्रभावको जिम्मा दिएको थियो । मुख्य गरेर घाईतेको उपचारदेखि पाटीको काममा रहेका सरल सरकार र माओवादीविच विस्तृत शान्ति सम्झौता भएपछि नेपाल फर्किएर चुनावमा होमिएका थिए ।

०६४ सालमा पाटी केन्द्रीय कार्यालयदेखि तत्तकालिन सुुप प्रदेशमा रहेका निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार समितिको जिम्मेबारी दिईएको थियो । ०६५ सालमा माओवादी केन्द्र पहिलो पटक सरकारमा गएपछि माओवादी केन्द्रका तर्फबाट श्रममन्त्री भएका लेखराज भट्टको स्वकीय सचिवको रुपमा काम गरेका थिए ।

अपिसैपाल मासिक पत्रिका प्रकासनको जिम्मेबारी पाएका भाटले ०६९ साल मा भेरी कर्णाली राज्य समिति कार्याय सचिव, हेटौडा महाधिवेशन पछि कञ्चनपुर आएर जिल्ला पाटी कार्यालय सदस्य, ०७३ मा केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग सुप प्रमुख, हुँदै नेकपा हुँदा प्रदेश र अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेबारीमा छन ।

क्षेत्र २(क) माओवादी केन्द्रको भागमा परेपछि भाट चुनावी मैदानमा उत्रिएका हुन । स्थानीयदेखि केन्द्रसम्म छुट्टै राजनीतिक पहुँच छवि बनाएका सरल भुकम्प, नाकाबन्दी, कोरोना महामारी साथै विभिन्न प्राकृतिक प्रकोपमा समाजिक सेवा कार्य गर्दै आएका भाटले आफ्नो निर्वाचन क्षेत्रमा युवा केन्द्रीत एजेण्डा अघि सारेर चुनावी मैदानमा होमिएका छन ।

कोरोना महामारीका बेला कृष्णपुर, शुक्लाफाँटा र बेदकोट नगरपालिकामा खाद्यान्न स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेका थिए । रत्नमावि चतहरीका टुहुरा आर्थिक रुपमा विपन्न भएका बालबालिकाको अभिभावक समेत बनेका भाटले शिक्षा क्षेत्रलाई आधुनिकरणीकण गर्ने बताए ।

३४ बर्षिया प्रदेश सभा सदस्यका उम्मेदवार सरलले युवालाई स्वरोजगार, एव उद्यमतर्फ जोड्ने योजना अघि सारेका छन । ‘अहिले विषेश गरेर युवा पुस्ता कुलतमा फस्दै गएका छन, ‘उनले भने, ‘कुलतबाट बचाउँदै युवा श्रमशक्तिलाई सदुपयोग गरेर समाजिक काममा लगाउँछु ।’

समाजलाई कसरी विकसित, सुसंस्कृत र सभ्य,भव्य बनाउन केन्द्रीत कार्यक्रम ल्याउने बताए । आफ्नो क्षेत्रमा रहेका आरक्षपीडित, भूमिहिन, सुकुमबासी र व्यवस्थिति बसोबासीलाई जमिनको मालिक बनाउने, चुरेदेखि तराईसम्म कटानी नियन्त्रण, सिँचाई विस्तार, खानेपानी सुविधा पु¥याउने, छाडा पशु चौपाया व्यवस्थापन, जंगली जनावरबाट हुने क्षति न्यूनिकरण,ढल सहित सडक पूर्वधार विकास, सबै समुदायको लोक परम्परागत संस्कृति, प्रर्बद्धन गर्ने, पर्यटकीय विकास गर्ने, ग्रामिण भेगको कृषिलाई आधुनिकीकरण गर्ने बताए ।

शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, विद्युत यातायात ईन्धन लगायत मानविय दैनिक आवश्यकताका क्षेत्रको एकीकृत दिगो विकास गर्दै जनतालाई सम्बृद्धि बनाउने बताए । ‘एकै चोटी ठुलठुला विषय अघि सारेर होईन सानो सानोबाट शुरुवात गर्दै जनताको चाहना र आवश्यकता अनुरुप दिगो विकास केन्द्रीत योजना ल्याउँछु ।’

सरल चुनावमा होमिएको निर्वाचन क्षेत्रमा गत स्थानीय तहमा वडाका दलका उम्मेदवार ल्याएको मत अनुरुप क्षेत्र २
(कं)मा काँग्रेस ११ हजार ७६८, एमाले ९ हजार ८५४, माओवादी केन्द्र ७ हजार ८४०, समाजवादी १ हजार ६८७ राप्रपा २ हजार ५० र अन्यले १हजार ४७२मत ल्याएका थिए । उक्त प्रादेशिक निर्वाचन क्षेत्रमा गठबन्धन बलियो देखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ